Logo

आगलागीबाट चार घर नष्ट



Spread the love

२८ साउन, सप्तरी – सप्तरीको दक्षिणी भेगमा रहेको तिलाठी कोइलाडी गाउँपालिकास्थित सकरपुरामा आज दिउँसो आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । तिलाठी कोइलाडी–२ सकरपुराका महनथी मुख्याको घरमा आगलागी हुँदा निजका तीन घर जलेका छन् भने देवीलाल मुख्याको एउटा घर जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।

आगलागीबाट घरभित्र रहेको खाद्यान्न, अन्नपात, भाडाकुँडा, लत्ताकपडा, टेबल, कुर्सी तथा फर्निचरलगायत नगद जिन्सी गरी करीब रु दश लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । खाना पकाउने क्रममा आगलागी भएको थियो । आगोलाई स्थानीयवासी हनुमाननगरबाट गएको बरुणयन्त्र तथा सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिए । यसैबीच आगलागी भएको ठाउँमा तत्काल राहत पुर्याउने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्