Logo

रुद्रप्रियाको पहिलो ‘मेरो माया छ भने’ बोलको गीत रिलिज



Spread the love

लक्ष्मीपुजा अर्थात कात्तिक २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म रुद्रप्रियाको पहिलो ‘मेरो माया छ भने’ बोलको गीत रिलिज भएको छ । निर्माण पक्षले फिल्ममा समाबेश लोक लयको ‘मेरो माया छ भने’ बोलको गीतको भिडियो बुधवार सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको संगीत छ भने स्वर संगीतकार सिवाकोटी र गायिका मेलिना राईको छ । यस्तै, गीतमा गायक तथा संगीतकार सिवाकोटीकै शब्द र राजन इशानको एरेञ्ज छ ।


भिडियोमा रेखा थापा, आर्यन सिग्देल र राजन इशान फिचरिङ छन् । आर्यन रेखालाई ‘माया भए’ रुमाल चिनो माग्दैछन् भने रेखा आर्यनसँग औंठी चिनो माग्दैछिन् ।झण्डै आठ वर्षपछि कमब्याक भएका रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको फिल्म रुद्रप्रियालाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् भने निर्माताको रुपमा सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन् । संजय लामाको छायाँकन रहेको फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ।।झण्डै ८ वर्षपछि पर्दामा फर्किएका आर्यन र रेखाको केमेष्ट्री पनि गज्जबको देखिन्छ । गीतका कोरियोग्राफर प्रविन सिंह हुन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/TgluZSvoScc

प्रतिक्रिया दिनुहोस्