Logo

उपत्यकामा डेङ्गु फैलनसक्ने



Spread the love

२९ साउन, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको जनाएको छ । डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमुना सङ्कलन गरी गरेको अध्ययनपछि यो जानकारी आएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डब्लूएचओ टोलीलाई आमन्त्रण गरी अध्ययन गरेको थियो । रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले डब्लूएचओ टोलीको अध्ययनले उपत्यकामा डेङ्गु फैल नसक्ने निष्कर्ष निकालेको भन्दै सचेतना अपनाउन सुझाव दिएको बताउनुभयो ।

डब्लूएचओ टोलीले गरेको नमुना सङ्कलनमा काठमाडौँ उपत्यकामा डेङ्गु सार्ने लामखुट्टे प्रशस्त मात्रामा भेटिएको पाइएको थियो । प्रमुख लालले थप्नुभयो, “काठमाडौँ वरिपरिका जिल्लाहरूमा पनि डेङ्गु देखिसकेको छ । ” गत वर्ष पनि काठमाडाँैमा डेङ्गु सङ्क्रमित देखिएको थियो । याे समाचार अाजकाे गाेरखापत्र दैनिक छ ।

प्रतिक्रिया दिनुहोस्