Logo

बंगलादेशमा डेंगुकाे महामारी: ४० काे ज्यान गयाे, हजाराै संक्रमित



Spread the love

२९ साउन, काठमाडौँ । बङ्गलादेशमा डेंगुले महामारीको रूप लिँदा सन् २०१९ को जनवरीदेखि हालसम्म ८ महिनाकाे अवधिमा ४० जनाले ज्यान गुमाएका छन् भने हजारौँ मानिस यसबाट संक्रमित बनेका छन् ।

गत हप्तासम्ममा १०० भन्दा बढी नागरिकले डेंगुको संक्रमणबाट ज्यान गुमाएको बङ्गलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् । तर सरकारले भने हालसम्म ४० को मात्र ज्यान गएको दाबी गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरका अनुसार गत जनवरीदेखि ४४ हजार बिरामी डेंगुको आशङ्कामा अस्पताल भर्ना भइसकेका छन् । सोमबार मात्रै विभिन्न अस्पतालमा दुई हजार १०० बिरामी भर्ना भएका छन् ।

बिरामिकाे सङ्ख्या बढेर अस्पतालका शैय्या संक्रमितले भरिएपछि भुइँमा बसेर बिरामीले उपचार गरिरहेका छन् । डेंगुको सङ्क्रमण रोकथाम हुनुको सट्टा बढ्दै गएपछि सरोकारवालाहरू चिन्तित देखिए पछि स्वास्थ्य मन्त्रालयका महानिर्देशक अबुल कलाम आजादले बिदा रद्ध गरी सङ्कटलाई साम्य पार्न सबै स्वास्थ्यकर्मीहरूलाई अपिल गरेका छन् ।

लामखुट्टेको टोकाइबाट हुने भाइरल सङ्क्रमण, जसमा फ्लुको जस्तो लक्षण देखा पर्छ, डेंगु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्