Logo

जिल्ला समन्वय समिति सल्यानको सभापति मा केश बहादुर बिष्ट ।



Spread the love

साउन १८, सल्यान । 

सल्यानमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि साउन २३ गतेको मिति तोकिएको थियो ।

मंगलबार सभापतिको उम्मेद्वारको मनोनयन दर्ता गराएका नेकपा माओबादी केन्द्रका नेता जनक घर्तिले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि नेपाली काङ्ग्रेसका नेता केश बहादुर बिष्ट जिल्ला समन्वय समिती सल्यानको सभापतिमा निर्बिरोध निर्बाचित भएका छन ।

जिल्ला समन्वय समितिको सभापतीका लागि नेपाली काग्रेसका नेता केस बहादुर बिष्ट लाई समर्थन गर्दै आफुले उम्मेदवारी फिर्ता लिएको घर्तिले बताएका छन् । उम्मेदवारी फिर्ता लिदै घर्तिले बिष्टलाई सफल कार्यकालको लागी शुभकामना सहित बधाई ज्ञापन समेत गरेका थिय ।

श्रावण २३ गते हुने जिल्ला समन्वय समितीको निर्वाचनमा सभापतिको लागी नेपाली काङ्ग्रेस र नेकपा माओबादी केन्द्रले मात्र मनोनयन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्