Logo

के तपाई बिरामी भइरहनु हुन्छ? अपनाउनुहोस् यी टिप्स



Spread the love
 

के तपाईँ निरन्तर बिरामी भई रहनुहुन्छ ? यदि हुन्छ भने अपनाउनुहोस् यी उपायहरू जसलाई अपनाउँदा तपाइको बिरामी जस्ता समस्या तपाइबाट टाढा भाग्ने गर्दछ l

ग्रीन टी :
यदि तपाईँ बिरामी ग्रसित हुनुहुन्छ भने ग्रीन टी पिउने गर्नुहोस् l यसमा एमिनो एसिड एवं एन्टी अक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरको रोग प्रतिरोधक क्षमता बढाउन ठुलो सहयोग गर्छ ।

स्याउ :
दिनमा एउटा स्याउ खाने बानी बसाल्नुहोस् l किनकि यसमा धेरै पोषक तत्त्व हुन्छन् जसले हाम्रो रोग प्रतिरोधक क्षमता बढाउँदछ ।

अमिला फलफुल :
यदि तपाईँ निरन्तर बिरामी भइरहनु हुन्छ भने अमिला फलफुल खाने गर्नुहोस् l जसको सेवन गर्नाले भिटामिन सी प्रचुर मात्रामा पाइन्छ ।

बदाम :
बदाममा भिटामिन ई, म्याग्निज, म्याग्नेसियम प्रशस्त मात्रामा पाउनुका साथै फाइबर पनि धेरै पाइन्छ l जसको सेवन गर्नाले रोग प्रतिरोधक प्रणाली अत्यन्त बलियो बन्दछ ।

सखरखण्ड :
यसमा प्रशस्त मात्रामा बीटाक्यारोटिन पाइन्छ । जसले तौललाई घटाउनका साथै रोग प्रतिरोधक क्षमता वृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

प्रतिक्रिया दिनुहोस्