Logo

यस्ता छन् आफु सुत्ने ओछ्यान आकर्षक बनाउने तरिकाहरु



Spread the love

हरेक घरको सबैभन्दा महत्वपूर्ण स्थान भनेकै ओछ्यान हो । भनिन्छ, हरेक व्यक्तिको नीजि जीवन ओछ्यान मै विकसित हुन्छ । हामीले ओछ्यानलाई आकर्षक तथा विशेष बनाउनका लागि थोरै कुराहरुमा ध्यान दिए मात्र पुग्छ ।

हरेक व्यक्तिले ओछ्यानमा जीवनको करिव एक तिहाइ समय बिताउने भएकाले पनि यो कोठाको आफ्नै छुट्टै महत्व हुन्छ । ओछ्यानलाई हामीले केवल सुत्ने कोठाको रुपमा मात्र नलिई आकर्षक पनि बनाउन सकिन्छ :

-ओछ्यानको बेडका सुतीको कपडाको तन्ना छनोट गर्नु पर्छ । त्यस्तै , सिरानी र डसना धेरै कडा अथवा धेरै नरमभन्दा ठिक्कको हुनुपर्छ ।

-ओछ्यानलाई त्यस्तो स्थानमा राख्नुपर्छ जहाँबाट घरको मुख्यद्वार आरामले देख्न सकियोस् ।

-ओछ्यानलाई व्यक्तिगत फिलिङ दिनका लागि उक्त कोठाको भित्तामा बालबालिकाको पहिलो तस्बिर लगायत आफन्तजनद्वारा प्रदान गरिएका शुभकामना कार्डहरु सजाएर राख्नु पर्छ ।

-ओछ्यानलाई सधैं सफा, व्यवस्थित र आकर्षक राख्नुपर्छ । अस्तव्यस्त कोठाले व्यक्तिको अन्तर्द्वन्द्वलाई दर्साउँछ ।

-ओछ्यानमा रंग लगाउँदा रोमान्टिक फिल दिनका लागि पिंक रंग छनोट गर्न सकिन्छ ।

-कोठामा बस्ने व्यक्तिको रुचिअनुसार ओछ्यानको रंग छनोट गर्नुपर्छ । बालबालिकाका लागि रेड, ब्लु जस्ता ब्राइट कलर्स, मिडिल एज र बुढाबुढीको कोठाका लागि पिंक, लेवेन्डर, ग्रीन जस्ता लाईट र सुदिङ कलर छनोट गर्नुपर्छ ।

-पर्दा, बेडसीट आदिका लागि फ्याबि्रक छनोट गर्दा विशेष सावधानी अंगाल्नुपर्छ । जस्तै बालबालिका र युवाको कोठामा पि्रन्डेड, एनिमेटेड आदि फ्याब्रिक राम्रो हुन्छ ।

-ओछ्यान को अर्थ हो सुत्ने कोठा । त्यसैले यो कोठामा सुतेपछि गहिरो निद्रामा निदाउन सक्नु पर्छ ।आँखामा नकारात्मक प्रभाव नपार्ने खालको चिमको प्रयोग गर्नु पर्छ । राती अँध्यारोमा सुत्ने बानी छैन भने ओछ्यान मा नाइट ल्याम्प राख्नुपर्छ ।

ओछ्यानमा के नगर्दा उत्तम होला ?

-ओछ्यानलाई स्टोर बनाउने गल्ती गर्नु हुँदैन । ओच्छानको वरपर किताब अथवा अन्य अनावश्यक सर-सामान राख्नुहुँदैन ।

-ओछ्यानमा टिभी, स्टडी टेबल आदि राख्नु हुँदैन ।

-ओछ्यान मा काम, व्यवसाय, आर्थिक सम्बन्धि काम गर्नुहुँदैन ।

-ओछ्यानमा पूजा गर्ने स्थान हुनुहुँदैन ।

-ओछ्यान मा पानी र पहाडको फोटो राख्नु हुँदैन । किनकि यिनले अनिद्रा बढाउन भूमिका खेल्छन् ।

-ओछ्यानलाई भित्तामा टाँसेर राख्नुपर्छ ।

-कोठाको बिममुनि सुत्नु हुँदैन । यो स्वास्थ्य र सम्बन्धका लागि ठीक हुँदैन ।

-ऐना अगाडि ओछ्यान नराख्नु उचित हुन्छ ।

-पूर्वतर्फ शिर फर्काएर सुत्नाले विद्या तथा दक्षिणतर्फ शिर फर्काएर सुत्नाले धन र आयुको वृद्धि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्