Logo

कसैले तपाईंलाई कत्ति प्रेम गर्छ भन्ने कसरी थाहा पाउने त ?



Spread the love

संसारमा प्रेम सबैभन्दा मिठो अद्भुत अनुभूति हो । प्रेमिल जोडीहरु त्यही अनुभूति संगालेर बाचिरहेका छन् । जब कसैलाई मन पराइन्छ, मन उथलपुथल हुन्छ ।

हामी कसैलाई माया गर्छौं, मन पराउँछौ भने, त्यही किसिमको माया पाउने आस पनि गरिन्छ । आफुले जसलाई माया गरेको हो, उनले पनि माया गरोस् भन्ने हामी सबैको चाह हुन्छ ।

तर, कसैले आफुलाई माया गरिरहेको छ भनेर कसरी थाहा पाउने ? पक्कै, जब कसैले आफुलाई पनि माया गर्छ भने त्यसका केहि संकेतहरु देखिन्छ :

सामिप्यता खोज्ने

जसलाई हामी कसैलाई मन पराउँछ, तब उनी पनि आफ्नो नजिक हुन खोज्छ भने यसलाई गि्रन सिग्नलको रुपमा लिनु पर्छ । जब कसैसँग भावनात्मक सम्बन्ध प्रगाढ हुँदै जान्छ । उनकै आसपासमा उसकै सामिप्यता बस्न खोज्छौ । कुनै न कुनै रुपमा कोहि आफ्नो निकट रहने प्रयास गर्छ भने उसले आफुलाई माया गरिरहेको छ भनेर बुझे हुन्छ ।

सम्पर्कमा रहन खोज्ने

जब कसैले आफुलाई पनि मन पराउँछ भने, उनी हरक्षण सम्पर्कमा रहन खोज्छन् । कुनै न कुनै बहाना गरेर बोल्न चाहन्छन् । यदि कसैले आफ्नो बारेमा निजी चासो राख्छ, दुखसुख सेयर गर्छ, सामान्य कुरामा पनि बातचित गर्न खोज्छ भने, बुझौं उनको मनमा आफ्नो प्रेम बढ्न थालेको छ ।

हमेसा सहयोग गर्न तत्पर

जब कसैले चाहन्छ, मन जित्ने अनेक उपायहरु खोजिरहन्छ । सानोतिनो कुरामा पनि सहयोग गर्न अग्रसर हुन्छ ।

हँसाउने प्रयास गर्ने

तपाईंको प्रेममा परेको व्यक्ति सँधै तपाईंको ओठमा हाँसो देख्न चाहन्छ । उसको कुरामा तपाईं हाँसिदिनुभयो भने उसलाई त्योभन्दा ठूलो खुशी अर्को केही हुँदैन ।

तपाईंको रुची नै उसको रुची

तपाईंसँग प्रेममा परेपछि उसका रुचीहरु बदलिन्छन् । अब तपाइंको रुचीलाई नै उसले आफ्नो रुची ठान्दछ ।

प्रतिक्रिया दिनुहोस्