Logo

यस्ता छन् उम्रेका गेडागुडी खानुका फाइदै फाइदा



Spread the love

टुसा उम्रेको गेडागुडीमा प्रशस्तै पाइने पौष्टिक तत्वहरूले हाम्रो शरीरका लागि निक्कै फाइदाजनक हुन्छ। यसमा हुने फाइबरले गर्दा हाम्रो भोक मेट्नुका साथै शरीरलाई प्रशस्तै ऊर्जा पनि प्रदान गर्दछ । टुसा उम्रेको गेडागुडी खानुका फाइदा यस छन् :

– पाचन शक्ति सुधार हुन्छ 

गेडागुडीको टुसामा पाइने सबैभन्दा महत्वपूर्ण तत्व भनेको ‘इन्जाइम’ हो। यसले शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियालाई सक्रिय बनाउनुको साथै पाचन शक्तिमा पनि सुधार ल्याउँदछ।

– मोटोपना नियन्त्रण गर्न मदत मिल्छ 

टुसा उम्रेको गेडागुडीमा पौष्टिक तत्वको मात्रा बढि हुन्छ र क्यालोरीको मात्रा कमि हुने हुनाले शरीरमा घ्रेलिन नामक हरमोनलाई हटाई भोक पनि सजिलैसँग मेट्दछ ।

– मुटुलाई स्वास्थ्य राख्न मद्वत गर्दछ

टुसा उम्रेको गेडागुडी यसले रक्तनली र धमनीबाट नराम्रो कोलेस्ट्रोललाई हटाउन मद्दत गर्दछ ।

– क्यान्सर

टुसा पलाएको गेडागुडीमा पाइने जैविक तत्वले गर्दा क्यान्सर लगायत, चाँडै बूढो हुने, स्मरण शक्तिमा ह्रास हुने अनि उमेरसँगै आउने समस्याको पनि अन्त्य गराउँदछ ।

-प्रतिरक्षा प्रणाली

यसमा हुने भिटामिन सी मात्रैले पनि शरीरको सेतो रक्तकोषलाई बलियो बनाउँदछ जसले विभिन्न किसिमका सङ्क्रमण अनि रोगहरूबाट बचाउँदछ।

प्रतिक्रिया दिनुहोस्