Logo

पेनाल्टीमा चेल्सी चुक्दा लिभरपुलको पोल्टामा सुपरकप



Spread the love

३० साउन, काठमाडाैँ – इंग्लिस क्लब लिभरपुलले युरोपियन सुपरकपको उपाधि जितेको छ । आज भएको खेलमा इंग्लिस क्लब चेल्सीलाई पेनाल्टि सुटआउटमा पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो ।

निर्धा्रित समयमा खेल १/१ गोलको बराबरीमा सकिएको थियो । त्यसै गरी थपिएको ३० मिनेटमा पनि दुबै टोलीका तर्फबाट १/१ गोल थपिँदा खेल २/२ को बराबरी भएर पेनाल्टीसम्म पुगेको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरूवात अग्रता चेल्सीले लिएको थियो । चेल्सीका लागि ओलिभर जिरूड र जर्जिन्होले १/१ गोल गर्दा लिभरपुलका भने दुबै गोल साडियो मानेको नाममा रह्यो ।

खेलको निर्णायक पेनाल्टीमा चेल्सीका टामी अब्राहम चुक्दा लिभरपुलको हातमा उपाधि गयो ।

प्रतिक्रिया दिनुहोस्