Logo

विप्लव समूहका गतिविधिहरू देश र जनताको हितमा भएन : मुख्यमन्त्री राई



Spread the love

३० साउन, विराटनगर l नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा चाँडै मुलधारको राजनीतिमा आउने दाबी प्रदेश-१का मुख्यमन्त्री शेरधन राईले गरेका छन् ।

आज नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ प्रदेश-१को प्रथम अधिवेशन सम्बोधन गर्दै मुख्यमन्त्री राईले विप्लवलाई मुलधारमा ल्याउन पहल भइरहेको बताएका हुन् ।

मुख्यमन्त्री राईले भने, ‘बलिदानी पूर्ण संर्घषबाट नेपाली जनताले ठुलाठुला उपलब्धहरू पाइसकेका छन्, प्राप्त उपलब्धिलाई टिकाई राख्ने समयमा विप्लव समूहले पुनः बलिदानी गर्छु भन्नु उपयुक्त हुँदैन ।’

मुख्यमन्त्री राईले पछिल्लो समय विप्लव समूहका गतिविधिहरू देश र जनताको हितमा नभएको तर्क समेत गरेका छन् l उनले भने, ‘जनतालाई प्रतिकुल हुने कुनै गतिविधि प्रदेश सरकारलाई स्वीकार्य छैन, त्यसैले संविधानलाई आत्मसाथ गरी मुलधारको राजनीतिमा फर्कन आह्वान गर्दछु l’

प्रतिक्रिया दिनुहोस्