Logo

कसरी पाउने छुटकारा कपाल झर्ने समस्याबाट? खाने गर्नुहोस् यी चिजहरू !



Spread the love

के तपाईँ कपाल झर्ने समस्याबाट चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने खाने गर्नुहोस् यी चिजहरू जसको सेवन गर्नाले कपाल झर्ने जस्ता समस्याबाट छुटकारा पाउन सकिनेछ l

क्याप्सिकम
यदि तपाइको कपाल लगातार झर्दछ भने क्याप्सिकम खाने बानी गर्नुहोस् l यसमा भिटामिन ‘सी’ प्रशस्त मात्रामा उपलब्ध पाइन्छ, जसले कपाललाई स्वस्थ राखी झर्नबाट पनि बचाउँदछ ।

मुसुरको दाल
मुसुरको दालका साथै सोयाबिन, टोफू तथा सिमी र केराउलाई नियमित रूपमा भोजनमा समावेश गर्नाले शरीरमा आइरन तथा प्रोटिनको पर्याप्त आपूर्ति हुने र यसले कपाललाई स्वस्थ राख्न मदत गर्दछ l

सखरखण्ड
के तपाइको कपाल निरन्तर झर्छ ? यदि झर्छ भने सखरखण्ड खाने गर्नुहोस् l जसको सेवनले कपाललाई स्वस्थ राख्नका साथै झर्ने जस्ता समस्याबाट पनि बचाउने गर्दछ l

अण्डा
बायोटिन तथा अन्य भिटामिन लगायतका पौष्टिक तत्वले युक्त अण्डा कपालको विकास तथा स्वास्थ्यका लागि समेत महत्त्वपूर्ण छ । अण्डा खानुका साथसाथै ताडको तेलमा मिलाएर कपालमा लगाउँदा समेत कपाल झर्ने समस्या कम हुन्छ ।

पालुङ्गोको साग
यदि तपाईँ आफ्नो कपाललाई लामो तथा स्वस्थ बनाउन चाहनुहुन्छ भने पालुङ्गोको साग नियमित रूपमा खाने बानी बसाल्नुहोस् l

प्रतिक्रिया दिनुहोस्