Logo

उमेर बढ्दै गएपछि सिंगल रहने इच्छा पनि बढ्छ



Spread the love

मानिस सामाजिक प्राणी भएकै कारण समाजमा बाँच्नको लागि मानिसलाई साहाराको जरुरत अवश्य पर्छ । जन्मसँगै जब बचपनका पाइलाहरु अगाडि बढ्न थाल्छन् तब देखि मानिसहरु साथी खोज्न थाल्छन् ।

बच्चादेखि नै एक अर्काका साथी बन्न सुरु गर्छन् त्यसपछि विस्तारै सबैभन्दा मिल्ने साथीको खोजीमा लाग्छन् र आफ्नो समय र उर्जा असल जीवनसाथीको खोजीमा लगाउँछन् । प्राकृतिक र सामाजिक परम्परालाई अस्वीकार गरेर एक्लै जीवन बिताउनु हरेकका लागि सम्भव हुदैँन । यसै क्रममा एक्लै जीवन बिताउने कि जीवनसाथीको साथमा ?

कस्तो हुन्छ सिंगल मानिसको जीवन

जो व्यक्ति एक्लै रहन चाहान्छ ती व्यक्तिप्रति मानिसहरुको उत्सुकता र दया जोडिएको हुन्छ । मानिसहरु एक्लै जीवन बिताउँने मानिसहरुलाई अलग्गै सोच्छन् । भने, आमाबुबा सधैँ आफ्नो सन्तानको कुशलतालाई लिएर चिन्तित रहने गर्छन् ।

उमेर बढेपछि सिंंगल रहने चाहाना बढी

एक अनुसन्धानले उमेर बढेसँगै एक्लै जीवन बिताउनुमा सन्तुष्टि मिल्ने र वैवाहिक जीवनप्रतिको उत्सुकता घट्दै जाने पत्ता लगाएको छ ।सिंगल व्यक्तिले जीवन सन्तुष्टिका साथ विताइरहेका छन् । एक्लै बस्नेहरुमा सहनशीलता बढ्दै जाने र आफूजस्तै एक्लै सफल भएका मानिसहरुलाई हेरेर आफूप्रति विश्वास जाग्ने भएकाले उनीहरुलाई जीवनमा एक्लो हुनुमा कुनै पनि अपसोस हुँदैन ।

प्रतिक्रिया दिनुहोस्