Logo

गजल



Spread the love

साउन, ३
सि पि ओलि (दक्षिण कोरिया)                                                          जिन्दगी 

cp oliबोझिलो जिन्दगी कति दिन टीकाउनु आमा बिदेश को बसाई छोडेर आए ।

गाली र दुखै दुख कति सहि बस्नु आमा अबत पिडाहरु छोडेर आए।

हरेक दिन घर आउने दिनहरु गन्नु पर्दैन आमा सारा बोझ छोडेर आए।

पुग्यो धन पैसा र महल को सपना आमा अबत लाख गन्न छोडेर आए ।

चाहिन्न मलाई कुनै घर र गाडी आमा गाउमै कुटोकोदाली गर्नलाई आए।

प्रदेश मा मर्नु पर्दैन अबत आमा तिम्रो समिपमा सधै निदाउन आए।

फलामे मेसिन संग जुध्नुपर्दैन आमा अबत मकै र धान गोड्नलाई आए ।

दुख र चिन्ता लिनुपर्दैन आमा अब त मृत्यु को यात्रा मोड्नलाई आए ।

प्रतिक्रिया दिनुहोस्