Logo

एउटा गाउँ जहाँ ढुङ्गाले हानेर गर्भमा छोरा वा छोरी भएको सजिलै पत्ता लगाईन्छ



Spread the love

संसार प्रविधिको मामिलामा धरै अघि बढिसकेको छ । जहाँ जुनै पनि कुराको जाँच गर्न केही क्षण मात्र लाग्छ । त्यसैले हामी जाँच गरेर जान्न सक्छौँ कि, गर्भवती महिलाको पेटमा छोरा वा छोरी छ भनी ।

तर भारतमा एउटा यस्तो गाउँ छ जहाँ छोरा वा छोरीको लिङ्ग पहिचानका लागि गर्भवती महिलाले पहाडमा ढुङ्गाले हिर्काउने गर्छन् । पहाडमा चन्द्रमाको आकारको एक आकृति बनेको छ, जसले बच्चाको लिङ्ग बारे बताउँदछ ।

पहाडमा ढुङ्गाले हिर्काएर सो कुरा पत्ता लगाउन सकिन्छ । झारखण्डको लोहरदगा खुखरा गाउँमा यस्तो अनौठो चलन रहेको छ, जुन चार सय वर्ष पहिले नागवंशी राजाहरूको शासनकालदेखि चलि आएको हो ।

उक्त गाउँमा एउटा पहाड रहेको छ, जसले विगत ४ सय वर्षदेखि गाउँलेहरूको भविष्यवाणी गर्दै आएको छ । त्यहाँका मानिसहरूमा सो पहाडप्रति अटुट विश्वास रहेको छ ।

गर्भवती महिलाहरूले केही टाढाबाट पहाडको त्यो आकृतिमा ढुङ्गाले हान्छन् । यसी महिलाले हानेको ढुङ्गा चन्द्राकारको बिचमा गएर बज्रियो भने छोरा जन्मिन्छ र चन्द्राकार भन्दा बाहिर बज्रियो भने छोरी जन्मिन्छ भन्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्