Logo

यसकारण घन्टौंसम्म नसुनौं इयरफोन



Spread the love

हामीले देखेका छौँ, कतिपय मानिसहरूले कानमा इयरफोन लगाएर घन्टौंसम्म गीत सुन्ने गर्दछन् । तर इयरफोन लगाएर घन्टौंसम्म गीत सुन्ने बानी पटकै पनि राम्रो भने होइन । घन्टौंसम्म इयरफोन सुन्दा हुन्छ यस्ता बेफाइदाहरू :

  • इयरफोनबाट निस्कने चुम्बकीय तरङ्गका कारण मानिसको दिमागमा नराम्रो असर पर्ने जान्छ । जसले गर्दा टाउको दुख्ने वा निन्द्रा नलाग्ने जस्ता समस्या उत्पन्न हुने गर्दछ ।
  • ठुलो आवाजमा गीत सुन्दा मानिसको कानलाई मात्र नभई मुटुलाई पनि असर गर्छ । तहको आवाजमा गीत सुन्दा धड्कन तीव्र हुन्छ जसले गर्दा मुटुलाई हानी गर्छ ।
  • कहिले पनि अन्य व्यक्तिको इयरफोन प्रयोग गर्नुहुदैन् । किनकि यसबाट सङ्क्रमण जोखिम रहन्छ ।
  • यदि तपाईँ घन्टौंसम्म इयरफोन सुन्नुहुन्छ भने, कान नसुन्ने वा कान सम्बन्धी विभिन्न समस्याहरू देखा पर्ने गर्छ । उक्त कारण इयरफोन नसुन्नु नै बेस रहन्छ ।

प्रतिक्रिया दिनुहोस्