Logo

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछाने र युवराज कँडेल पक्राउ



Spread the love

पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर आवश्यक अनुसन्धानको लागि प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।

प्रहरीले घटनास्थलमा फेला पारेको मृतकको मोबाइलमा रहेको भिडियो बाहिरिएपछि प्रहरीले लामिछाने र कँडेललाई नियन्त्रणमा लिएको हो। मृत पुडासैनीले भिडियो आफ्नो आत्महत्याको कारण रवि लामिछाने र अन्य दुई जना भएको जानकारी दिएका थिए।

यो पनि हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्