Logo

गुल्मीका ७८ जना सुत्केरीमाथि अन्याय, पाएनन् दुई लाख भन्दा बढी रकम



Spread the love

३० साउन, गुल्मी – गुल्मीको मालिका गाउँपालिकाका ७८ जना सुत्केरी सरकारले प्रदान गरेको सेवा सुविधा लिनबाट वञ्चित भएका छन् ।
आर्थिक वर्ष २०७५/७६ मा सूचीकृत स्वास्थ्य संस्थामा गई सुत्केरी हुनुका साथै पोर्ट कल अनुसार चार पटक गर्भ जाँच गराएका महिलाहरू मध्ये ७८ जना महिला आर्थिक सुविधा प्राप्त गर्नबाट वञ्चित भएका हुन ।

मालिका गाउँपालिकाको वडा नम्बर एकमा रहेको नेटा स्वास्थ्य चौकीबाट ३ जना, वडा नम्बर दुईमा रहेको दर्लीङ स्वास्थ्य चौकीबाट १० जना, वडा नम्बर तीन हाङदीमा रहेको हाङदी स्वास्थ्य चौकीबाट १२ जना ,वडा नम्बर चारमा रहेको अर्खबाङ स्वास्थ्य चौकीबाट ३ जना, वडा नम्बर पाँचमा रहकको छापहीले स्वास्थ्य चौकीबाट ८ जना, वडा नम्बर छमा रहेको  अर्जे स्वास्थ्य चौकीबाट ५ जना, वडा नम्बर सातमा रहेको घमिर स्वास्थ्य चौकीबाट १९ र वडा नम्बर आठमा रहेको मभुङ स्वास्थ्य चौकीबाट १८ जना महिलाले रकम पाएका छैनन् ।

फागुनसम्म सुत्केरी भएका महिलाले आर्थिक साहयता रकम प्राप्त गरेका छन् भने त्यसयता गर्भवती भएका महिलाहरू वञ्चित भएका हुन । पोर्टकल अनुसार चार पटक गर्भ जाँच गराएका गर्भवती महिलाहरूले एकमुष्ट ८ सय र स्वास्थ्य संस्थामा गई सुत्केरी भएमा यातायात खर्च बापत २ हजार आर्थिक रकम संघीय सरकारले उपलब्ध गराउँदै आएको छ । ७८ जना सुत्केरीहरुको २ हजार र २८ सय गरी कुल २ लाख २४ हजार रकम गुमेको हो ।

यता गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त भुसालले भने केन्द्र सरकारमा रकम माग गर्दा पनि नदिएको गुनासो गरेका छन् । गाउँपालिकाले उपलब्ध गराउने रकम प्रदान गरिएको भुसालले उल्लेख गरे ।

मालिका गाउँपालिका र केन्द्र सरकारको कमजोरीका कारण मालिका गाउँपालिकाका ७८ जना सुत्केरी महिलामाथि अन्याय भएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्