Logo

पाथीभरा गोल्डकपः इलाम विजयी



Spread the love

३१ साउन, इलाम – चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा रेडहर्ष क्लब इलाम विजयी भएको छ । इलामले घरेलु टोली पोमु केछाङ क्लब ताप्लेजुङलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको आठौँ मिनेटमा पासाङ शेर्पाको गोलमा इलामले अग्रता लिएको थियो । खेलको १७औँ र २६ औँ मिनेटमा फोफोनाले लगातार दुई गोल गरे । ताप्लेजुङले तीन विदेशी खेलाडी आइभेरी कोष्टका याओ कोवासी, सायरा डाई र एलेक्स इक्वेल मैदानमा उतारेको थियो । खेलको म्यान अफ दी म्याच इलामका फोफोना घोषित भए । शुक्रबार ताप्लेजुङ–११ र बेलबारी फुटबल क्लब मोरङबीच खेल हुनेछ ।

पाथीभरा गोल्डकप प्रतियोगिताको आजै उद्घाटन भएको थियो । आगामी भदौ ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी १० टोलीको सहभागिता छ । प्रतियोगिता सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा भइरहेको छ । विजेताले रु तीन लाख ११ हजार, उपविजेताले रु एक लाख ५१ हजार पुरस्कार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष नारायण थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्