Logo

फोटोमा कुम्भेश्वरको जनै पुर्णिमा (फोटो फिचर)



Spread the love

३० साउन, काठमाडाैँ – हरेक वर्षको श्रावण शुक्ल पुर्णिमालाई जनै पुर्णिमाको रूपमा लिने गरिन्छ । हिन्दुहरूको धार्मिक आस्थाका हिसाबले यो दिन शुभ मानिन्छ । विशेषतः यस दिन पुरूषहरूले जनै परिवर्तन गर्ने दिनको रूपमा लिने गरिन्छ । तर, धार्मिक हिसाबले यस दिन त्यो भन्दा सतही रहेको छ ।

यस दिनमा विशेष स्नानपछि जनै फेर्ने प्रचलन रहेको छ । तर, स्नान भने अरू दिनको अलि फरक हुन्छ । धार्मिक विधि अनुसार हेर्ने हो भने कुनै पवित्र तिर्थस्थल अथवा नदीको तटमा गएर स्नान गर्नुपर्ने हुन्छ । नदीको किनारमा विभिन्न ऋषीगणहरूलाई तर्पण तथा जल प्रदान गरी स्नान गर्नुपर्ने यस दिनको नियम हो । तर, अहिलेको व्यस्त समयमा यो भने अधिकांशका लागि सम्भव हुँदैन ।

जनै पूर्णिमाका दिन विशेषतः दुई कार्यलाई महत्वपूर्ण मानिन्छ । पहिलो भनेको ताल तलैया तथा अन्य पवित्र स्थानमा स्नान गरेर आएपछि ऋषिलाई गर्ने तर्पण र दोश्रो क्वाटि खाने । धार्मिक हिसाबले अरून्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । ब्रह्माण्डका विभिन्न  स्थानमा बसेर यस पृथ्वीको रक्षा तथा परिपालन गर्ने भएर उनीहरूको नाममा जल अर्पण गर्ने गरिएको सार“श्रावणी स्थान“ नाम धार्मिक पुस्तकमा भेट्न सकिन्छ ।

यस दिनको अर्को कार्य अथवा  परम्पराप क्वाटी भने मानिसहरूको स्वास्थ्यसँग जोडिएको छ । जनै पूर्णिमाका दिन ११ प्रकारका गेडागुडी भिजाएर टुसा उमार्ने र त्यसलाई पकाएर खाने प्रचलन समेत रहेको छ । धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यत अनुसार  यसरी निर्माण गरिएका क्वाटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि तापको सञ्चार गर्छ ।

यस दिनमा दिदिबहीनले आफ्ना दाजुभाईको रक्षाको कामना गर्दै रक्षा कवचस्वरूप धागो द्वारा निर्मित राखी बाधिदिने प्रचलन समेत रहिआएको छ ।

 

 

 

 

 

भुजेल सल्लेरी खबरका फोटो पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्