Logo

‘ह्याप्पी न्यु ईयर’को टीजर सार्बजनिक(भिडियो)



Spread the love

देवकुमार श्रेष्ठ निर्देशित नेपाली फिल्म ‘ह्याप्पी न्यु ईयर’को हालैमा रिलिज डेट र टीजर सार्वजनिक गरिएको छ । पुष १४ गतेलाई फिल्मको रिलिज मिति तय गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो। फिल्मको सम्पूर्ण छायाँकन अस्ट्रेलियामा गरिएको छ । आर के एम प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा रती थापाको लगानी छ।

लभस्टोरी कथामा निर्मित यो फिल्ममा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । फिल्मका सहनिर्माता एप्पल इन्टरटेनमेन्टका मनोज अधिकारी हुन्। फिल्ममा बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत रहेको छ।

हेर्नुहोस् टिजर:

https://youtu.be/2dAj4i1AMzA

प्रतिक्रिया दिनुहोस्