Logo

मुख्यमन्त्री शाही विप्लवको निशानामा



Spread the love

३१ साउन, काठमाडौं । जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आफ्नो गृह जिल्ला कालिकोटमा आएका मुख्यमन्त्री महेन्द्र बहादुरशाहीलाई विप्लव समूहले लक्षित गदै जता गयो उतै बम विस्फोट गराउँदै आइरहेका छन् । आफ्नो आधार क्षेत्रमा अनुमति विना विभिन्न कार्यक्रमलाई उद्घाटन र सम्बोधन गरेको भन्दै दिन दिनै बम विस्फोट गराउँदै उनीहरूले आफ्नो प्रमुख निशानामा राखेका हुन् ।

बुधवार पचालझरना गाउँपालिकाको विशेष गाउँसभालाई सम्बोधन गदै गर्दा विप्लव समूहले दुई वटा बम विस्फोट गरे । कार्यक्रम स्थल भन्दा दुई सय मिटर नजिकै विप्लव समूहले बम विस्फोट गरेका हुन् ।

गाउँ सभा सम्पन्न गरी आफ्नो गृहगाउँमा वास बसेर रास्कोटको एउटा कार्यक्रमलाई सम्बोधन गर्न हिँडेका मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेश सदस्य कुर्मराज शाहीलाई लक्षित गरी विप्लव समूहले रास्कोटको कृर्षि जेटिए कलेज नजिकै फेरि दुई वटा बम विस्फोट गराएको छ ।

यो भन्दा पहिले पनि जिल्लाको पलाता गाउँपालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्न आएका शाहीलाई लक्षित गरी चन्द समूहले बम विस्फोट गरेको थियो । त्यस भन्दा पहिले पनि कतै कालो झन्डा त कतै बम विस्फोट गराउँदै आइरहेको छ । अहिले सम्म मुख्यमन्त्री शाहीलाई लक्षित गरी तिन पटक बम विस्फोट गरेको छ भने, एक पटक कालो झन्डा देखाएको छ । यो समाचार आजको राजधानी दैनिकमा विश्वनाथ सिम्खडाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्