Logo

आज गाईजात्रा मनाइँदै



Spread the love

३१ साउन, काठमाडौँ । विगतमा दिवङ्गत भएकाको आफन्तजनले यिनै जात्रामा सहभागीलाई ३६५ थरीका फलफुल, परिकार, मिठाई, दूधदही दान गरेर दिवङ्गत आफन्तको स्मृति गरिन्छ । पशुपति क्षेत्रमा यो दिन मृतकमध्ये ज्येष्ठको घरबाट गाईजात्राको झाँकीसहित लाखे नाचसमेत निकाल्ने प्रचलन रहेको सृजनशील युवा क्लबका सल्लाहकार रामकृष्ण डङ्गोल बताउनुहुन्छ ।

काठमाडौँबाहेक धनकुटा, नुवाकोट, बागलुङ, स्याङ्जा लगायतका नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रमा पनि यो जात्रा मनाइँदै आएको छ । सिन्धुपाल्चोकको ऐँसेलुखर्कमा गाईजात्रा बुधबारदेखि नै सुरु भएको छ । प्रतिपदाका दिन भने जात्रामा सहभागीलाई घर आँगनमा आमन्त्रण गराउने चलन छ ।
एँेसेलुखर्कका जगतबहादुर नकर्मीका अनुसार डोकोमाथि डोको खप्टिएको अग्लो तायमचामा मृतकको तस्बिर राखेर झाँकी प्रस्तुत गर्दै जात्रा मनाइन्छ ।

भक्तपुरमा भने गाईजात्रा आठ दिनसम्म मनाइन्छ । जात्राको छुट्टै रौनक हुने गर्छ । गाईजात्राका दिन वर्षभरि मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात् डोकोलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गर्ने भक्तपुरका महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याले बताउनुभयो । यो समाचार आजको गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्