Logo

‘ग्याङस्टार ब्लुज’को स्याड सङ रिलिज



Spread the love

भाद्र २ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको आशिरमान देशराज श्रेष्ठ र आना शर्मा अभिनित फिल्म ‘ग्याङस्टार ब्लूज’को  स्याड सङ रिलिज भएको छ ।केहि हप्ता पहिले रिलिज फिल्मको ट्रेलरले हाईप बढाउँदै गर्दा अनि दर्शकमा फिल्मप्रतिको चासो बढ्दै गर्दा फिल्ममा समावेश दोश्रो गीत रिलिज गरिएको छ । सार्वजनिक ‘आधा कुरा’ बोलको गीतमा  दुवै एकअर्काको यादमा तड्पिएको देख्न सकिन्छ ।

          एकतारे र कालीप्रसाद बाँस्कोटाको शब्द रहेको गीतमा कालीप्रसादको संगीत र सनुप पौडेलको स्वर सुन्न सकिन्छ । ‘आधा कुरा’ बोलको गीतमा नव-नायक आशिरमान देशराज श्रेष्ठ र नायिका आना शर्मा फिचरिङ छन् ।यो फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/syJjjKd92ac

प्रतिक्रिया दिनुहोस्