Logo

उपत्यकामा मनाइयो गाईजात्रा (फोटोफिचर)



Spread the love

३२ साउन, काठमाडाैँ – नेपाल विविध खालका जात्राहरूको संग्रह हो । अझ काठमाडाैँ उपत्यकामा हरेक हप्ता जसो जात्राहरू भइरहेका हुन्छन् । साउन ३१ गते शुक्रबार काठमाडाैँ उपत्यकामा गाईजात्रा परेको थियो । यो दिनले उपत्यकामा राैनकता ल्यायो ।

विशेषतः  विगतमा दिवङ्गत भएकाको सम्झनामा यो जात्रा मनाउँने प्रचलन छ ।  मृतकका आफन्तजनले यसै जात्रा मार्फत मृतकहरूको विशेष सम्झना समेत गर्दछन् ।  जात्रामा सहभागीलाई ३६५ थरीका फलफुल, परिकार, मिठाई, दूधदही दान गरेर दिवङ्गत आफन्तको स्मृति गरिनु नै यस दिनको विशेष कृत्य हो । सृजनशील युवा क्लबका सल्लाहकार रामकृष्ण डङ्गोलका अनुसार पशुपति क्षेत्रमा यो दिन मृतकमध्ये ज्येष्ठको घरबाट गाईजात्राको झाँकीसहित लाखे नाचसमेत निकाल्ने प्रचलन रहेको छ ।

 

सुरूवाति समय अथवा मल्लकालसम्म काठमाडाैँमा प्रचलित यो जात्रा अहिले  काठमाडौँबाहेक धनकुटा, नुवाकोट, बागलुङ, स्याङ्जा लगायतका नेवार समुदायले पनि मनाउँदछन् । सिन्धुपाल्चोकको ऐँसेलुखर्कमा गाईजात्रा बुधबारदेखि नै सुरु भएको थियो । प्रतिपदाका दिन भने जात्रामा सहभागीलाई घर आँगनमा आमन्त्रण गराउने चलन छ ।

भक्तपुरमा गाईजात्राको  राैनक ८ दिनसम्म चल्छ । जात्राको समयमा वातावरण उल्लासताले भरिएको हुने गर्छ । गाईजात्राका दिन वर्षभरि मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात् डोकोलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गर्ने भक्तपुरका महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याले बताए ।

 

 

 

 

 

भुजेल सल्लेरी खबरका फोटो पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्