Logo

११ वर्षपछि हार्यो बार्सिलोना



Spread the love

३२ साउन, काठमाडाैँ – स्पेनिस ला लिगा अन्तर्गत २०१९/२० को उद्घाटन खेलमा साबिक विजेता बार्सिलोना पराजित भएको छ । आज सबेरै भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–० गोल अन्तरले पराजित भएको हो ।

बार्सिलोनालाई पराजित गर्न बिल्बाओका लागि आर्टिच आडुरिचले १ गोल गरे । उनले खेलको ८९ औँ मिनेटमा गरेको आकर्षक गोल नै बार्सिलोनाको पराजयका लागि पर्याप्त बन्यो ।

आजको हारँगै बार्सिलोना आफ्नो सुरूवाति लिग खेलमा ११ वर्षपछि पराजित भएको छ । यो भन्दा पहिले बार्सिलोना २००८ मा पेप ग्वार्डिओलाको प्रशिक्षणमा नुमान्सियासँग १–० गोलले नै पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्