Logo

काैटिन्हो बायर्न म्युनिखमा अनुबन्धित



Spread the love

 

३२ साउन, काठमाडाैँ – बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्होलाई जर्मन क्लब बायर्न म्युनिखले अनुबन्ध गरेको छ । २७ वर्षे कौटिन्होलाई बायर्नले १ वर्षका लागि  लोनमा अनुबन्ध गरेको हो ।

बायर्नले कौटिन्होलाई १ वर्षका लागि लोनमा अनुबन्ध गर्ने सम्झौता भएको उल्लेख गरेको छ । यो सम्झौतामा १ वर्षपछि बायर्नले कौटिन्होलाई स्थायी रूपमै किन्न सक्ने विकल्प पनि रहेको छ ।

डायरो स्पोर्टसका अनुसार बायर्नले कौटिन्होका लागि १ वर्षको १२ मिलियन युरो तलब दिनेछ । यसै गरी बार्सिलोनालाई लोन फि बापत २० मिलियन समेत बायर्नले खर्च गर्नुपर्नेछ ।

बार्सिलोनाबाट नेयमार पिएसजी गएपछि उनको स्थानका लागि भनेर कौटिन्हो भित्र्याएको थियो  । तर, उनि बार्सिलोनामा राम्रोसँग प्रस्तुत हुन नसकेपछि उनलाई बार्सिलोनाले बिक्रीमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्