Logo

छक्का पन्जा २ को फस्टलुक पोस्टर सार्वजनिक



Spread the love

गएको बर्षको सुपरहिट फिल्म ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। मित्रता दिवसको अवसर पारेर फिल्मकी निर्देशक दिपाश्री निरौलाले आफ्नो फेसबुक मार्फत फिल्मको पोस्टर सार्वजनिक गरेकी हुन्। पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई देख्न सकिन्छ।

असोज ११ गते प्रदर्शनको तयारीमा रहेको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, किरण केसी, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल लगायतको मुख्य भूमिका रहेको छ।आमा सरस्वती मुभिज प्रालिको व्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन्। फिल्ममा दीपकराज गिरी, दिपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी छ।

प्रतिक्रिया दिनुहोस्