Logo

आभा काव्य लहरको पाचौं श्रृङ्खलामा आज चार कवि प्रस्तुत हुँदै



Spread the love

काठमाडौं ।  आभा फर क्रियटिभिटीले आफ्नो ‘आभा काव्य लहर’को पाँचौं शृंखला श्रावण महिनाको अन्तिम शनिबार (आज) आयोजना गर्ने भएको छ । राजधानीको सर्वनाम थिएटरमा आयोजना हुने कविता विशेष उक्त कार्यक्रममा कविहरु क्रमश: प्रभा भट्टराई, विमला तुम्खेवा, चन्द्रवीर तुम्बापो र प्रकाश रम्घालीले आ-आफ्ना कविता वाचन गर्नेछन् ।

आभा For Creativity ले आफ्नो नियमित रचना वाचनको २४ औं शृङ्खला समापन गरिसकेपछी विशेष शृङ्खला संचालन गर्ने सोचका साथ ‘आभा काव्य लहर’ शिर्षकको काव्य शृङ्खला २०७५ – असार देखी शुरु गरेको  कार्यक्रम संयोजक अन्शु खनालले बताइन । उनका अनुसार तीन-तीन महिनाको अन्तरालमा महिनाको अन्तिम शनिबार संचालन हुँदै आएको  ‘आभा काव्य लहर’नामक काव्यिक शृंखला क्रमश: कविता र गजल विशेष रहँदै आएको छ ।

‘पठन संस्कृतिको विकास, सृजनशीलताको अभ्यास’ भन्ने मूल उद्देश्यका साथ स्थापना भएको ‘आभा For Creativity’ ले कलाका विभिन्न पाटा साहित्य, चित्रकला, प्रफमेन्स आर्ट, संगित लगायत जनचेतना र समाजसेवामा समेत कदम चाल्दै आइरहेको छ । यस शृंखलाबाट कला/साहित्यलाई विशेष अभिरुचिका साथ स्थान दिँदै आइरहेको अनलाइन पत्रिका ‘सल्लेरी खबर’ले आभा For Creativity सँग सहकार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्