Logo

श्रीमानले गरे श्रीमतीको हत्या



Spread the love

३२ साउन, पर्सा । पर्साको कालिकामाई–५ मा सामान्य विवादका कारण धारिलाे हतियार प्रहार गरेर श्रीमानले, श्रीमतीको हत्या गरेका छन् ।

 

ज्यान गुमाउनेमा ३५ वर्षीय संगीतादेवी कुर्मी रहेकी छिन् ।  उनका श्रीमान् मुक्ति नारायण राउत कुर्मी, श्रीमतीको हत्या गरेपछि फरार छन्, उनकाे खाेजि कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी दिएकाे छ ।

सामान्य घरायसी झगडामा नारायणले दाउले श्रीमतीको घाँटीमा प्रहार गरेको देखिएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले बताए  ।

कुर्मीको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्