Logo

मैत्रीपूर्ण फुटबल खेलका लागि राष्ट्रिय टोलीको घोषणा



Spread the love

३२ साउन, काठमाडौं । अर्को महिना मलेसियाको सुपर लिग च्याम्पियन टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ । जसमा कप्तान विराज महर्जन, गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्दको उपस्थिति रहने छैन।

नेपालले भदौ ९ गते मलेसियाली जोहार दारुल टा जिम एफसीसँग खेल्ने तय भइसकोे छ । त्यसपछि नेपालले विश्व कप छनोटको पहिलो खेल भदौ १९ गते कुवेत र २४ गते चाइनिज ताइपेको सामना गर्नेछ ।

प्रशिक्षक जोहान कालिनले कप्तान विराज, नम्बर एक गोलकिपर किरण र रोहित विना नै नेपाली राष्ट्रिय टोलीको घोषणा गरेका छन् । किरण यति बेला जापान भ्रणणमा छन् । त्यस्तै रोहित इन्डोनेसियामा व्यवासायिक फुटबल खेल्दै आइरहेका छन् ।

नेपाली टोली
गोलकिपर : विकेश कुथु, एलेन न्यौपाने, विशाल श्रेष्ठ
डिफेन्डस : सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्ड : सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड : विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्