Logo

विप्लव माओवादीका ४ सय बढी नेता कार्यकर्ताले दिए राजिनामा



Spread the love

२२ श्रावण,२०७४-कार्यदिशा र कार्यशैलीको बिरोध गर्दै विप्लव माओवादीका केन्द्रीय सदस्य सहित ४ सय बढीले पार्टी परित्याग गरेका छन् ।भक्तपुरस्थित रफत सञ्चार क्लबमा आज पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

जनयुद्धको लक्ष्य विपरित पछिल्लो समय नेतृत्वले मनोगतवादी चिन्तन, अकर्मण्यतावाद, गोलचक्करवादी कार्यदिशा अंगिकार गरेको ठहर गर्दै उनीहरुले पार्टी परित्याग गरेको जनाएका छन् ।अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका केन्द्रीय संयोजक युवराज आचार्यले अमूर्त दिशाहीन आन्दोलनले मुलुक अघि बढ्न नसक्ने निष्कर्षसहित आफूहरुले पार्टी परित्याग गरेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्