Logo

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख हर्था बर्लिनसँग बराबरीमा रोकियो



Spread the love

३२ साउन, काठमाडौं । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखलाई जर्मन बुन्डेस लिगाको पहिलो खेलमा बराबरीमा रोकिएको छ । खेलमा सुरुवाती अग्रता लिएरपनि जोगाउन नसक्दा बायर्नले हर्था बर्लिनसँग २–२ गोलको बराबरीको नतिजा निकालेको हो ।

शुक्रबार राति घरेलु मैदान एलिनाज एरिनामा भएको खेलमा फरवार्ड रोवर्ट लेवान्डोस्कीले २ गोल गरेपनि टोलीले पहिलो खेलमा जित भने हासिल गर्न सकेन । हर्था बर्लिनका दुडी लुकेबाकियो र मार्काे ग्रुजिकले गोल गरे । खेलमा शुरुवाती अग्रता लिएपनि बायर्नले त्यो अग्रतालाई लामो कायम राख्न सकेन ।

त्यसपश्चात थप गोल हुन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो । बायर्नले खेलमा बल आफ्नो ७० प्रतिशत पोजेसन लिएपनि थप गोल भने गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्