Logo

वडा सचिवलाई कांग्रेस कार्यकर्ताको ज्यान मार्ने धम्की



Spread the love

भोजपुर। जिल्लाको रामप्रसाद राई गाउँपालिका वडा–२ धोद्लेखानीका वडा सचिवलाई नेपाली कांग्रेसका कार्यकर्ता पुस्कल राईले गाली गलोजसहित ज्यान मार्ने धम्की दिएका छन् । राई स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट वडा अध्यक्षका प्रत्यासी थिए ।
आजको राजधानी दैनिकमा खबर छ– वडा सचिवलाई ज्यान मार्ने धम्की दिइएको भन्दै वडा सचिव हकहित संरक्षण केन्द्र जिल्ला तदर्थ समितिले प्रेस विज्ञप्तिमार्फत शान्तिसुरक्षाको माग गरेको छ ।
राईले वडा सचिव सुदीप ढकाललाई कार्यालयको काम गरिरहेका बेलामा अपमानजनक गाली गलोज गर्नुका साथै ज्यान मार्ने धम्की दिएको र पटकपटक फोनबाट पनि धम्क्याएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्