Logo

कीर्तिपुर क्याम्पसभित्रै एक महिला बलात्कृत



Spread the love

काठमाडौं , २३ साउन ।जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादीहरु काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ४६ वर्षीय रामेश्वर नगरकोटीलाई शुक्रबार र सोही ठाउँ बस्ने ४६ वर्षीय अनिल थापालाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको छ ।

रामेश्वर नगरकोटी समेत ३ जनाले २०४७ असार १५ गते राति इन्द्रचोक मखन, काठमाडौंबाट एकजना युवतीलाई बा.अ.च. ९८०६ नम्बरको गाडीमा चढाई किर्तिपुर क्याम्पसको हलभित्र पु¥याई जबरजस्ती करणी गर्दा युवती रोईकराई गरेको आवाज सुनी गस्तीमा रहेको प्रहरी टोली त्यस स्थानमा पुग्दा उनीहरु उक्त सवारी साधनबाट भागेका थिए ।

नगरकोटी र थापालाई जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले मुलुकी ऐन जबरजस्ती करणी महलको ५ नम्बर बमोजिम जनही १ बर्ष ६ महिना कैद सजाय हुने ठहर गरेको थियो । फैसला कार्यान्वयनको लागि दुबैजनालाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौमा पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्