Logo

अखिल (क्रान्तिकारी)को केन्द्रीय संरचनामा हेरफेर



Spread the love

नेकपा माओवदी केन्द्र निकट अखिल (क्रान्तिकारी) को आइतबार पेरिशडाडामा बसेको बैठकले केन्द्रीय संरचनामा हेरफेर गरेको छ ।क्रान्तिकारीको भाद्र ७-११ गते काठमाडौंमा हुने रास्ट्रिय सम्मेलनले पहिलोपटक चुनावी प्रकृयाबाट नेतृ्त्व चयन गर्ने भएको हो । सम्मेलनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहित ३३ जनाको पदाधिकारी र २४२ सदस्यीयसहित केन्द्रीय चयन गर्ने महासचिव विरेन्द्र बस्नेतले जानकारी दिए ।

अखिल क्रान्तिकारीका सचिव जिपी मैनालीले चार खुला, चार समावेशी र एक मनोनित गरी नौ जना उपाध्यक्षमा चयन हुने छन् । त्यस्तै उपमहासचिवमा खुलाबाट तीन, छात्रा एक र मनोनित एक गरी पाँच जना चयन हुने भएका छन् । सचिवतर्फ सात प्रदेशबाट सातजना, बिश्वबिध्यलायहरु बाट एक जना, महिला,आदीबासी जनजाति, मधेसी दलित र मस्लिम समेट्ने गरि ६ जना र खुलाबाट दुई जना गरी १६ जना निर्वाचित हुने छन् ।

सम्मेलनमा स्थानीय निर्वाचनमा निर्वाचित स्थानिय प्रतिनिधिले उम्मेदवारी दिन नपाउने कार्यबिधि बनाइएको बर्तमान अध्यक्ष नरेन्द्र नेउपाने ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्