Logo

भोलीदेखि गुल्मीका सबै शिक्षण संस्था अनिश्चित कालका लागि बन्द



Spread the love

 

विद्यार्थी सङ्गठनद्वारा जारी प्रेस विज्ञप्ति

३२ साउन, गुल्मी – विप्लव नेतृत्वको विद्यार्थी सङ्गठन अखिल नेपाल राट्रिष्य स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गुल्मीले भोलिदेखी गुल्मीका सबै शिक्षण संस्था बन्दको आह्वान गरेको छ । अखिल नेपाल राट्रिष्य स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गुल्मीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलिदेखी गुल्मीमा अनिश्चितकालीन् शैक्षिक हड्तालको घोषणा गरेको हो ।

अखिल नेपाल राट्रिष्य स्वतन्त्र विद्यार्थी युनियन गुल्मीका सचिव विष्णु बिक र सदस्य राज खड्कालाई प्रहरीले प्रकाउ गरेको भन्दै उक्त पार्टीको विद्यार्थी सङगठनले बन्दको आह्वान गरेको हो । अखिल नेपाल राट्रिष्य स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी गुल्मीका अध्यक्ष विकल्प खत्रीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “कम्युनिस्ट विद्यार्थी अभियान ९२०, २०७६ उद्घाटन गर्ने क्रममा गुल्मीका सचिव विष्णु बिक र सदस्य राज खड्कालाई प्रकाउ गरी बिहीबार साझा जिल्ला प्रशासन गुल्मीबाट रिहा लगत्तै पुनः प्रकाउ गरी अर्घाखाँची लैजानुले दलाल सत्ताले कायरतलाई कुरातमा बदलेको प्रस्ट झल्किएको छ ।”

साथै विद्यार्थी सङ्गठनद्वारा जारी प्रेस विज्ञप्ति मार्फत गिरफ्तार परेका कमेरडहरुलाई रिहाइको माग समेत गरिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्