Logo

प्रिमियर लिगमा आर्सनलको दोश्रो जित



Spread the love

३२ साउन, काठमाडाैँ – इंग्लिस प्रिमियर लिगमा आर्सनलले दोश्रो जित निकालेको छ । सिजन २०१९/२० अन्तर्गत सिजनको दोश्रो खेलमा आर्सनल बर्नलीविरूद्ध २–१ गोल अन्तरले विजयी भएको हो ।

आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा सुरूवाति अग्रता आर्सनलले नै लिएको थियो । खेलको पहिलो हाफको १३ औँ मिनेटमा फरवार्ड अलेक्जेन्ड्र लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर, खेलको ४३ औँ मिनेटमा आस्ले बर्नले गोल गर्दै बर्नलीलाई पहिलो हाफमा बरारीमा ल्याए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोश्रो हाफमा आर्सनलले १ गोल थप्यो । ६४ मिनेटमा अबुमियाङले गोल गर्दा आर्सनल २–१ ले अगाडी रह्यो । त्यसैगरी,  बाँकी रहेको समयमा दुबै टोलिबाट गोल हुन नसक्दा आर्सनल २–१ ले विजयी भयो ।

यो जितसँगै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा रहन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्