Logo

जा गैहाल!!(कबिता)



Spread the love

उफ!
कुन मुख लिएर आइस फेरि?
के सुनाउन आइस?
कयौ पल्ट तेरो चिरहरण गरियो
कति पल्ट नाङ्गिइस
पटक पटक च्याथियो तेरो मजेत्रो
अझै चुप?
तेस्तो सहनु पनि के सहनु?
जा, नकरा, न बर्बरा मेरो सामु।
म हेर्न सक्दिन, सहन सक्दिन
तेरो यो सहनशीलता मेरो निम्ति मृत्यु हो।
सक्छेस भने जा झुन्डिएर मर
कबिता कोरिने छ तेरो।
बरु जा गण्डकी मा गएर हामफाल
बाढि घटे पछि ,कतै बगरमा
तेरो कंगाल फेला पर्ने छ।
अनि कोरिनेछ्न रक्तिम कथा हरु,
भरिनेछ्न पत्रपत्रिकाहरु तेरै फोटोले।
तेसैले, जा ! गैहाल।

प्रतिक्रिया दिनुहोस्