Logo

रियल मड्रिडको सहज जित



Spread the love

१ भाद्र, काठमाडाैँ – स्पेनिस ला लिगामा रियल मड्रिडले सहज जित हात पारेको छ । हिजो भएको ला लिगाको पहिलो खेलमा १० खेलाडीमा समेटिएको रियलले सेल्टा भिगोलविरूद्ध ४–१ को सहज जित निकालेको हो ।

सेल्टा भिगोको घरेलु मैदान बालाइडोसमा भएको खेलमा रियलले सुरूवाति अग्रता लिएको थियो । बेलको सुन्दर पासमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ १–० मा सकिएको खेलको दोश्रो हाफमा रियलले २ गोल थप्दा सेल्टा १ गोल फर्काउन सफल भयो । रियलका लागि टोनी क्रुस र लुकास भाज्केजले १र१ गोल थप्दा सेल्टाका आइकर लोसाडाले १ गोल फर्काए ।

 

रियलका लुका मोड्रिच ५६ मिनेटमा सिधा रातो कार्ड खाँदै बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्