Logo

आइसिटी अवार्ड वितरण



Spread the love

१ भाद्र, काठमाडाैँ – चौथो आइसिटी अवार्ड २०१९ आज राजधानीमा वितरण गरिएको छ । ‘लिभिङ विथ’ आइसिटी पत्रिकाले आयोजना गरेको कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त अवार्ड प्रदान गरे । मन्त्री पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सूचना प्रविधि क्षेत्रको विकास गर्नु जरुरी रहेको औँल्याए ।

सूचना र प्रविधिमा मुलुक पछाडिपरेको बताउँदै उनले प्रविधिजन्य जनशक्ति उत्पादनमा सरकराले ध्यान दिएको उल्लेख गरे । सरकारले विज्ञान तथा प्रविधि नीति ल्याउन लागेको जानकारी दिँदै मन्त्री पोखरेलले त्यसपछि सरकारी संस्थालाई पुनःसंरचना गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा व्यक्तिगततर्फ डा समीर मास्के, अमित अग्रवाल, महावीर पुन र पत्रकार विजय तिमिल्सिनालाई र संस्थागतर्फ लोकसेवा आयोग, खुला विश्वविद्यालय, विद्यार्थीतर्फ नितेश पाण्डे र एलेस भट्टराई तथा उत्पादनतर्फ मेरीफ्लोर सिष्टम एण्ड सर्भिस र इडिजिटल नेपाल, पब्लिक च्याइसतर्फ किताब यात्रालाई अवार्ड प्रदान गरिएको थियो ।

लिभिङ विथ आइसिटी पत्रिकाका अध्यक्ष राजन लम्सालले सूचना प्रविधिका क्षेत्रमा प्रोत्साहन गर्न अवार्ड प्रदान गरिएको बताए । सन् २०१६ देखि सूचना प्रविधिका क्षेत्रमा काम गर्नेलाई संस्थाले अवार्ड प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्