Logo

खेलकूद क्षेत्रका अगुवा शाह नेकपामा प्रवेश



Spread the love

१ भाद्र, पाँचथर – पाँचथर जिल्लामा खेलकूदको विकासमा लामो समयदेखि अगुवाइ गर्दै आएका सुरेश शाह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

शनिबार फिदिममा आयोजित कार्यक्रमबाट शाह नेकपामा प्रवेश गरेका हुन् । शाहलाई नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ लगायतले नेकपामा स्वागत गरेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वकेन्द्रीय सदस्य शाहले पाँचथरमा फिदिम स्पोर्टिङ क्लबको संस्थापक अध्यक्ष हुँदै खेलकूद क्षेत्रको विकासमा निरन्तर कार्य गर्दै आएका छन् ।

शाह विगतमा राप्रपा (संयुक्त)को जिल्लास्तरीय नेतासमेत थिए । शाहलाई पार्टीमा स्वागत गर्दै मन्त्री आङ्बोले जिल्ला र प्रदेश नं १ मा खेलकूद क्षेत्रको विकासका लागि शाहबाट सरकारलाई ठूलो सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्