Logo

गाईजात्रा!!!(फोटो फिचर सहित)



Spread the love

साउन २३,काठमाडौं – नेपाल विभिन्न भाषा,सस्कृति तथा माैलिक परम्परा को धनी देश हो ।अझ त्यसमा पनि नेवारी परमपरा अझ भिन्न रहेको छ।नेवारी समुदाय अन्य जातिको तुलनामा धेरै चाडपर्व मनाउने चलन रहेको छ ।गाई वा गाईको रूपमा सिँगारेर मानिसलाई वजार परिक्रमा गराउने भएकाले यो पर्वलाई गाई जात्रा भनिएको हो ।विशेष गरी नेपालमा गाईजात्रा को सुरुवात काठमाडौ उपत्यका मा प्रताव मल्लको पालामा र उपत्यका बाहिर भुरेटाकुरे राजाहरुको पालाबाट सुरुवात भएको पाइन्छ ।

गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोल टोल घुम्ने गर्दछन। यस दिन भजन कीर्तन पनि गरिन्छ।
नेपालमा गाईजात्राले धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको छ।नेवार समुदायको मुख्य पर्वको रुपमा मानिने गाईजात्रा वर्षभरि निधन भएका आफन्तजनको सम्झनामा मनाइने चाड हो, जसलाई नेवारी भाषामा “सा पारु” भनिन्छ। सा पारुको अर्थ नै गाईजात्रा हो।
गाईजात्राका दिन दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ।
लाखेजात्रा, रोपाईंजात्रा, इन्द्रजात्रा, मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा, हाँडीगाउँको जात्रा, बोडेको जात्रा, गाईजात्रा, घोडेजात्रा, नालाको लोकेश्वरजात्रा, इन्द्रजात्रा लगायत विभिन्न जात्रा,उत्सव,मेला ,पर्वहरु नेवारी समुदायमा मनाउने गरिन्छ ।

गाईजात्रा काठमाडौं उपत्यका सहित देशका दाङ ,सल्यान लगायत विभिन्न स्थानमा धुमधामका साथ यो वर्ष पनि मनाईदै छ। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिहरूप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन्।

अझ एउटा महत्त्वपूर्ण पक्ष त के छ भने नेवारी समुदायमा नेवारहरु जन्मदेखि मृत्यु पश्चातसम्म र पर्व अनुसारको खानाको प्रकार अलग–अलग तयार गर्दछन।

सल्यानमा पनि हरेक वर्ष गाईजात्रा अाफ्ना मृत व्यक्तिको सम्झनामा मनाईदै अाईरहेको छ । विशेष गरी सल्यानका मुख्य व्यापारीक केन्द्रहरु जहाँ नेवारी समुदायको बाक्लो बस्ती रहेको छ, त्यहाँ भव्य, सभ्य रुपमा माैलिक सस्कृति अनुसार मनाईदै अाएको छ। भक्तपुर मुल बासस्थान हुँदै पश्चिम नेपालका विभिन्न क्षेत्रहरुमा बसोबास गरेका नेवारहरुको सल्यानमा पनि बाक्लो ब

स्ति रहेको छ । काठमाडौ, भक्तपुर र ललितपुर फरक फरक ठाउँ अनुसार भाषा, सस्कृति र रहनसहन छ भने सल्यान-भक्तपुरको भने मिल्दो रहेको छ। सल्यानमा नेवारी समुदाय भाषाको हिसाबले निकै कमजोर मानिन्छ। पछिल्लो पिढिले

अपेक्षा अनुसारको चासो नदिदा नेवारी भाषा लोप हुने अवस्थामा रहेको छ। भाषा सस्कृतिमा धनी नेवारी परम्परालाई सल्यान लगायत देशका विभिन्न क्षेत्रहरुमा पछिल्लो पिढिले जोगाउनु पर्ने अबको अावश्कता रहेको छ।

 

 

 

 

 

 

 

तस्विर: टेक राज शाही

प्रतिक्रिया दिनुहोस्