Logo

के तपाईँ आफ्नो विवाहित जीवन बचाउन चाहनुहुन्छ? अपनाउनुहोस् यी उपाय



Spread the love

विवाह भन्नाले एक पवित्र बन्धन हो l जहाँ मायाका साथसाथै विश्वास पनि समावेश रहन्छ l तर आजभोलिका विवाहित मानिसहरू आफ्नो सम्बन्धलाई निरन्तरता दिन नसकेका कारण एक अर्काका साथ छोड्ने जस्ता प्रकिया गर्दै आएका छन् l तर कहिले पनि विवाहित मानिसहरूले सम्बन्ध विच्छेद जस्ता कार्य भने गर्नु हुँदैन l उनीहरूले आफ्नो बिग्रेको सम्बन्धलाई राम्रो गतिका साथ अगाडी बढाउनुपर्छ, न कि साथ छोडेर l आउनुहोस् चर्चा गरौँ कसरी राख्ने आफ्नो विवाहित सम्बन्धलाई कसिलो l

गलत काममा एकअर्कालाई रोक्ने:
यदि तपाइको श्रीमान् वा श्रीमती नराम्रो काममा लागेको छ भने त्यस्तो काम गर्नुहुँदैन भनी सम्झाई बुझाई गर्नुपर्छ l जसले गर्दा तपाइको बिग्रिसकेको सम्बन्ध पनि सप्रिन सक्छ l

एकअर्काको मनको कुरा बुझ्ने :
श्रीमान् होस् या श्रीमती होस् उनीहरूले जहिले पनि एकअर्काको मनको कुरा बुझ्ने गर्नुपर्छ l ताकी तपाईँलाई सजिलै थाहा हुन् सक्छ कि तपाइको पति या पत्नीको मनमा के चल्दै छ भनी l

अप्ठ्यारो स्थितिमा साथ नछोड्ने :
यदि तपाइको श्रीमान् वा श्रीमती कुनै अप्ठ्यारो अवाथामा छ भने कहिले पनि उनको साथ नछोड्नुहोस् l किनकि अक्सर राम्रो सम्बन्धको सुरुवात अप्ठ्यारो स्थितिबाट हुनु गर्दछ l

प्रतिक्रिया दिनुहोस्