Logo

पर्यटनमा युवाशक्ति बढाउँदै नाट्टा



Spread the love

१ भाद्र, काठमाडाैँ – नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पर्यटन क्षेत्रमा दक्ष युवा जनशक्तिको आकर्षण बढाउन विभिन्न प्रोत्साहन तथा प्रवर्द्धनात्मक गतिविधि बढाइएको जनाएको छ ।

संस्थाका अध्यक्ष सिएन पाण्डेले पर्यटनमा बढीभन्दा बढी युवा शक्तिलाई सहभागिता गराउँदै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई समेत सफल बनाउने उद्देश्यका साथ युवापुस्तालाई सक्रिय गराइने बताए । नाट्टाको सचिवालयमा आज मिस टुरिज्म–२०१९ का विजेता आरजु पोखरेल, फस्ट रनर अफ युसिका तुलाधर र सेकेन्ड रनर अप सविता न्यौपानेलाई बधाई तथा सम्मान गर्दै अध्यक्ष पाण्डेले पर्यटन सुन्दरीलाई संस्थाको प्रवर्द्धनात्मक गतिविधिमा सक्रिय गराइने उल्लेख गरे ।

उनीहरुलाई भ्रमण वर्ष अयिभानअन्तर्गत सङ्घ तथा प्रदेशस्तरीय ‘ब्राण्ड’का रुपमा प्रवर्द्धनमा खटाइने उनको भनाइ छ । प्वाइन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नवीन काफ्लेले नेपालको पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने र यस क्षेत्रमा युवा तथा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले पर्यटन सुन्दरी छनोट गर्दै आएको जानकारी दिए । मिस टुरिज्म आरजु पोखरेलले पर्यटन प्रवर्द्धनका गतिविधिमा आफ्नो सक्रियता बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्