Logo

ला लिगामा सेभिल्लाको सुखद सुरूवात



Spread the love

२ भाद्र, काठमाडौँ – स्पेनिस ला लिगा २०१९/२० अन्तर्गतको पहिलो खेलमा सेभिल्ला विजयी भएको छ । आज भएको खेलमा सेभिल्लाले स्पान्योललाई २–१ गोल अन्तरले पराजित गर्दै सुरूवाति जित निकालेको हो ।

स्पान्योलको घरेलु मैदान आरसीडिइ स्डेडियममा खेल भएता पनि सेभिल्लाले नै एकतर्फी खेल प्रस्तुत गरेको थियो ।

खेलको ४४ औँ मिनेटमा सर्जियो रिगिलनको गोलबाट अग्रता लिएको सेभिल्लाले ८६ औँ मिनेटमा नलिटोको गोलमार्फत अग्रता दोब्बर पार्दै ३ अंक सुरक्षित गर्यो ।

त्यसै गरी ला लिगाका अन्य खेलहरूमा एथ्ललेटिको मड्रिड, डिपोर्टिभो आलाभेस तथा रियल भालाडोलिडले आ–आफ्ना खेलमा जित निकाले ।

प्रतिक्रिया दिनुहोस्