Logo

पीएसजी छोड्न आतुर नेयमार, बार्सिलोना सकारात्मक



Spread the love

२ भाद्र, काठमाडाैँ – पीएसजीका ब्राजिलियन स्टार नेयमार जुनियरले पीएसजीमा धैर्यता गुमाएको फ्रेन्च मिडियाहरूले दाबी गरेका छन् । पीएसजीले तोकेको १० अगस्टसम्म  उनको स्थानान्तरणको टुंगो लाग्न नसक्दा नेयमारले धैर्यता गुमाउँदै गएको फ्रेन्च मिडियाहरूले दाबी गरेका हुन् ।

फ्रेन्च मिडियाको दाबी अनुसार अहिले पिएसजीमा नेयमार एक्लिएका छन् । पीएसजीका अध्यक्षक खेलाफीसँग अप्रत्यक्ष मनमुटाव भएका नेयमारलाई प्रशिक्षक थोमस टचेलले पनि असामान्य व्यवहार देखाउन थालेको बताइएको छ ।

पिएसजीले फ्रेन्च लिगका २ खेल खेलिसक्दा पनि नेयमार पिएसजीको खेलमा सहभागि भएका छैनन् । यसले नेयमारको स्थानान्तरणलाई प्रस्ट्याएको छ । तर, पिएसजीको जटिल शर्त तथा महंगो मुल्यका कारण यो विषय अझै टुंगो लाग्न सकेको छैन् ।

अब पिएसजीले नेयमारलाई लोनमा समेत पठाउने बताइएको छ । उता नेयमार ल्याउन मरिहत्ते गरेको बार्सिलोना पनि लोनको विकल्प प्रयोग गर्नेमा सकारात्मक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्