Logo

ला लिगामा एट्लेटिको म्याड्रिडको विजयी सुरुवात



Spread the love

२ भदौ, काठमाडौं । ला लिगामा एट्लेटिको म्याड्रिडले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा गेटाफेलाई एट्लेटिकोले १-० ले पराजित गरेको हो ।

एट्लेटिको जितमा स्पेनिस फरवार्ड अल्भारो मोराटा नायक बने । मोराटाले खेलको २३ औं मिनेटमा गरको गोल नै एट्लेटिकोको जितमा पर्याप्त बनेको थियो ।

पहिलो हाफमा नै दुवै टोली १० खेलाडीमा सिमित भएका थिए । गेटाफेका जोर्गे मोलिनाले ३८ औं मिनेटमा रातो कार्ड पाए । त्यसको केहि बेरमा नै रेनान लोडीले १ मिनेटको अन्तरमा दुई पहेंलो कार्ड पाएका थिए ।

लिगको पहिलो खेलमा साविक विजेता बार्सिलोनाले  पराजय व्यहोर्दा उपाधि दावेदारको रुपमा हेरिएको दुई म्याड्रिड टोलीले विजयी सुरुवात गरेका छन् ।

आइतबार रातिकै अन्य खेलमा रियल भालाडोलिडले रियल बेटिसलाई २–१, सेभिल्लाले स्पान्योललाई २–० र डिर्पोभिटो अलाभेसले लिभान्तेलाई १–० गोलले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्