Logo

प्रेममा धोका किन हुन्छ ?



Spread the love

भनिन्छ प्रेम अपनत्वको भाव हो । प्रेम मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव पनि हो । प्रेममा मिसावट हुँदैन, मिसावट भएको प्रेम हुँदैन।

प्रेमलाई देख्न सकिदैन, केबल महसुस गर्न सकिन्छ। अक्सर धेरैको जीवन प्रेम र ब्रेकअप त भइराख्छ । यो नव जोडीको मात्र कुरा होइन, पति-पत्नीबीच पनि यस्तो हुन्छ । विवाहित वा एकसाथ बसेको छ भन्दैमा उनीहरुबीच प्रेम सम्बन्ध सुमधुर हुन्छ भन्ने छैन ।

भनिन्छ प्रेममा धोका हुँदैन । धोकामा पो धोका हुन्छ। प्रेममा त प्रेम नै हुन्छ। धोका भयो भने त्यो प्रेम होइन, केवल त्यो जाल मात्र हो । 

प्रेमी-प्रेमिकाको मात्र नभएर धेरैजसाको सम्बन्ध आजभोलि दिगो हुँदैन । आखिर प्रेम सम्बन्ध किन सधै सुमधुर हुँदैन ? किन ब्रेकअप हुन्छ ? किन एकअर्काले धोका दिन्छ ?

अनेक कारण हुनसक्छ । प्रेम भनेकै विश्वासमा टिकेको हुन्छ । त्यससँगै समझदारी आवश्यक हुन्छ । एकअर्कालाई गर्नै केयरिङ त छँदैछ ।

यद्यपी उनीहरुले एक अर्कालाई धोका दिन थाल्छ । किन ? आफ्नो प्रेमी/प्रेमिका वा श्रीमान/श्रीमती हुँदाहुँदै तेस्रो व्यक्तितर्फ आकषिर्त हुनु धोकाको पहिलो कारण हो । मानिसलाई आफ्नो घरभन्दा बाहिर सम्वन्ध बढाउँदा रोमाञ्च र आनन्द मिल्छ । तर उनीहरु भुल्न पुग्छन् कि यस्तो सम्वन्ध अन्ततः घातक हुनेछ ।

प्राय : मानिसहरुले धोका दिने एउटा अर्को कारण हो आफ्नो घरभित्र खुशी प्राप्त नहुनु । कहिलेकाहीँ बदलाको भावनाले पनि ‘धोका’ लाई निमंत्रना दिन्छ । आफूलाई विगतमा कुनै प्रकारको हानी पुर्‍याएको व्यक्तिलाई बदला लिने चाहमा उ आफ्नो प्रेमी/प्रेमिकालाई धोका दिन्छ ।

किन ब्रेकअप हुन्छ ? किन एकअर्काले धोका दिन्छ ?

-एक अर्कामा विश्वास नहुदा
-अपरिपक्वताका कारण
– व्यक्तिगत स्वार्थ र धनसम्पत्तिका कारण
– प्रेमलाई नबुझ्दाको परिणाम
– चाहिनेभन्दा बढी विश्वास गर्दा
-आपसी असमझदारी बढेपछि
– इच्छा–आकांक्षा बढी भएर
-अपेक्षा बढी भएर
-समयक्रमसँगै विचार र क्रियाकलापहरू बदलिँदै

प्रतिक्रिया दिनुहोस्