Logo

अनिश्चितकालीन शैक्षिक हडताल फिर्ता



Spread the love

२ भदौ, गुल्मी । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटीको विद्यार्थी सङगठन गुल्मीले आह्वान गरेको अनिश्चितकालीन शैक्षिक हडताल फिर्ता लिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गुल्मीले सोमवार प्रेस विज्ञप्ति जारी गदै बन्द फिर्ता लिएको जानकारी दिएको हो ।

उक्त पाटीका विद्यार्थी सङगठन गुल्मीका सचिव विष्णु विक र राज खड्काको रिहाइको माग गदै आइतबारदेखि अनिश्चितकालीन गुल्मी बन्दको घोषणा गरेको थियो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गुल्मीका अध्यक्ष विकल्प खत्रीले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ । आम अभिभावकको भावना, अपेक्षा तथा विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै हिजो देखी गरिएको शैक्षिक हडताल फिर्ता लिएको छ ।

हिजो आइतबार जिल्लाका शिक्षण संस्था ठप्प भएपछि जिल्ला प्रशासन गुल्मीले पनि आफ्नो गम्भीर ध्यानआर्कषण भएको जनाउँदै सूचना समेत जारी गरेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्